Devdaha Tv | समाचार
आषाढ ७ २०७८ | 2021 Jun 21

देवदहमा पाँच बेडको आइसियु सेवा सञ्चालनमा आउने

1 month ago
देवदहमा-पाँच-बेडको-आइसियु-सेवा-सञ्चालनमा-आउने

बैसाख २३ । रुपन्देहीको देवदहमा पाँच बेडको आइसियु सेवा सञ्चालनमा आउने भएको छ । संक्रमितको संख्या वढ्न थालेपछि देवदह मेडिकल कलेजमा आई.सि.यू सेवा सञ्चालन गर्न लागिएको देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार एक दुई दिन भित्रै आई.सि.यू सेवा सञ्चालनमा आउने छ । नगरपालिकाले यस अघि नेपाल मगर संघको भवन देवदह–७ शित्तलनरमा अक्सिजन सहितको कोरोना अस्थायी सञ्चालनमा ल्याएको छ । डाक्टर सहितको अस्पतालमा २० जना सम्म उपचार गर्न सकिने उहाँले बताउनु भयो । देवदहमा पछिल्लो २४ घण्टामा १७ महिला र १९ पुरुष गरी ३७ जनामा कोरो संक्रमण पुष्टि भएको छ ।