Devdaha Tv | खेलकुद
आषाढ ७ २०७८ | 2021 Jun 21

देवदहमा पहिलो पटक टेवल टेनिस प्रतियोगिता सुरु

2 months ago
देवदहमा-पहिलो-पटक-टेवल-टेनिस-प्रतियोगिता-सुरु

चैत्र १४ । रुपन्देहीको देवदहमा पहिलो पटक टेवल टेनिस प्रतियोगिता सुरु भएको छ । टेवल टेलिनस म्लब अफ देवदहको आयोजनामा हुने प्रतियोगिताको शनिबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले उद्घाटन गर्नु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलाडी देशको सान भएको बताउनु भयो । खेलाडीले देशको गौरव वढाउने उल्लेख गर्दै उहाँले खेलकुदको विकासमा लाग्नु पर्नेमा जोड दिनु भयो । सोही कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख हिरा बहादुर खत्रीले खेल क्षेत्रमा देखिएको समस्याको जड पत्ता लगाएर समस्या समाधान गर्नु पर्ने बताउनु भयो । नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा लगानी गरीरहेको उल्लेख गर्दै उहाँले खेलाडीले खेलमा भविष्य खोज्नु पर्ने बताउनु भयो । प्रतियोगितामा देवदहका १० विद्यालयका ८० जना विद्यार्थी सहभागी भएको खेल संयोजक एवम क्लबका अध्यक्ष सगुन लामिछानेले बताउनु भयो । नयाँ खेलाडी उत्पादन गर्ने र टेवल टेनिसको बारेमा जानकारी दिने उद्धेश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका सदस्य विकास गहतराजले जानकारी दिनु भयो । प्रतियोगिता सञ्चालनका लागि करीब ४ लाख खर्च अनुमान गरीएको र सो रकम ब्यक्तिगत तबरले संङ्कलन गर्न लागिएको बताइएको छ । प्रतियोगितामा सहभागी हुन प्रतिविद्यार्थी २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने खेलाडीलाई शिल्ड मेडल र प्रमाणपत्रको व्यवस्था गरीएको आयोजकले जनाएको छ । प्रतियोगिताको सहयोगी संस्थाको रुपमा देवदह जेसिज र लियो क्लब अफ देवदह रहेको छ ।