Devdaha Tv | खेलकुद
आश्विन १ २०७८ | 2021 Sep 17
Flash News

देवदहमा लुम्बिनी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगीता सुरु

6 months ago
देवदहमा-लुम्बिनी-प्रदेश-स्तरीय-खुल्ला-ब्याडमिन्टन-प्रतियोगीता-सुरु

फागुन २१ । रुपन्देहीको देवदहमा लुम्बिनी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगीता सुरु भएको छ । देवदह ब्याडमिन्टन क्लवको आयोजनामा संञ्चालन हुने प्रतियोगिताको शुक्रबार एक कार्यक्रमका बिच नेकपा (ओली) समुहका नेता छबिलाल बिश्वकर्माले उद्घाटन गर्नु भएको हो । निर्माणाधिन दुर्गा बसन्त स्मृर्ती कर्भड हलमा संञ्चालन हुने प्रतियोगितामा ५० टिमको सहभागिता रहेको क्लबका सचिव मेघराज ढकालले जानकारी दिनु भयो । प्रतियोगिता प्रथम हुने हुनेलाई ५५ हजार ५ सय ५५ र द्धितिय हुनेलाई ३३ हजार ३ सय ३३ नगद, शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरीने मिडिया संयोजक तेजु अर्यालले जानकारी दिनु भयो । प्रतियोगितामा सहभागी हुन प्रति टिम २ हजार प्रवेश शुल्क निर्धारण गरीएको छ । प्रतियोगितालाई ब्यबस्थित तरिकाले संचालन गर्न विभिन्न ९ वटा उपसमिति समेत गठन गरिएको क्लवले जनाएको छ ।