मंसिर १७ । अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १४ औं वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशवराज पोखरेलको सभापतित्वमा भएको साधारण सभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखा सुपरीवेक्षकको प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै संस्थाको स्थायी कार्यालयका लागि जग्गा व्यवस्थापनको पहल गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि इलाका प्रशासन कार्यालय बुटवलका प्रशासकीय अधिकृत ध्रुव नेपालले सरकारको तीनखम्बे अर्थनीतिमा सहकारीको योगदान उच्च रहेको भन्दै अमरज्योति सहकारी जत्तिकै शेयर सदस्य प्रति मर्यादित सहकारीहरूले समाजको दिगो विकाशमा थप योगदान पु¥याउन सक्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पौड्यालको स्वागतमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष मिनराज ज्ञवाली, निवर्तमान अध्यक्ष टंकनाथ अधिकारी, मालिका सहकारीका सचिव शोभा पौडेल, शेयर सदस्यहरू मेघराज न्यौपाने, सञ्जु पाठक लगायतले बोल्नुभएको थियो ।
संस्थाका सचिव लक्ष्मणप्रसाद ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा ८४ वर्ष पूरा गर्नुभएका शेयर सदस्यका अभिभावक विष्णुमाया गौतम र तिलसरा थापा, नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा एम.बी.बी.एस.मा नाम निकाल्ने शेयर सन्तति सुमन ज्ञवाली, बी.ई. मा नाम निकाल्ने अर्पित पोखरेल, दश जोड दुई तहमा उत्कृष्ट हुने विकाश घिमिरे र सतिश भट्टराई तथा संस्थाका व्यवस्थापक सरिता नेपाललाई सम्मानित गरिएको थियो ।