Devdaha Tv | समाचार
मंसिर १७ | 2022 Dec 03
Flash News

१५ दिनभित्र पूर्वपश्चिम राजमार्ग ८२ फूटभित्र पर्ने संरचना हटाउन देवदह नगरपालिकाको निर्देशन  

2 months ago
१५-दिनभित्र-पूर्वपश्चिम-राजमार्ग-८२-फूटभित्र-पर्ने-संरचना-हटाउन-देवदह-नगरपालिकाको-निर्देशन-

असोज १४ । देवदह नगरपालिकाले देवदह नगरपालिकाभित्र पर्ने पूर्व पश्चिम राजमार्गको दायाँ र बाँया ८२ फुटभित्र रहेका सम्पूर्ण संरचनाहरु हटाउन १५ दिने निर्देशन दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

नगरपालिकाको निर्देशन बमोजिम देवदह नगरपालिकाभित्र पर्ने पूर्व पश्चिम राजमार्गको दायाँ र बाँया ८२ फुटभित्र रहेका ठेला पसल, निर्माण सामाग्री लगायतका सम्पूर्ण संरचनाहरु असोज २८ गतेसम्म हटाउनुपर्नेछ । 

तोकिएको समायावधिभित्र संरचनाहरु नहटाएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने देवदह नगरपालिकाले चेतावनी समेत दिएको छ । देवदह नगर कार्यपालिकाको कार्यालयले यही असोज ७ गतेको बैठकमा पूर्व पश्चिम राजकार्गको दायाँ र बाँया ८२ फुटभित्र रहेका सम्पूर्ण संरचनाहरु हटाउने निर्णय गरेको थियो ।