Devdaha Tv | स्थानीय
मंसिर १७ | 2022 Dec 03
Flash News

देवदह नगरपालिकाद्धारा बजार अनुगमन तिव्र/होटलहरुको सरसफाई दयनीय, मासु पसलबाट बिग्रेको तराजु र मासु जफत

2 months ago
देवदह-नगरपालिकाद्धारा-बजार-अनुगमन-तिव्र/होटलहरुको-सरसफाई-दयनीय,-मासु-पसलबाट-बिग्रेको-तराजु-र-मासु-जफत

असोज १३ । देवदह नगरपालिकाको अनुगमन समितिले बजार अनुगमनलाई तिव्रता दिईरहेकोे छ । नेपालीहरुको महान पर्व विजयादशमीलाई लक्षित गरी देवदहका क्षेत्रका बजारको अनुगमन गरेको हो । देवदह नगरपालिकाले गठन गरेको बजार अनुगमन समितिले देवदहको खैरेनी क्षेत्रमा रहेका बजारको अनुगमन गरेको हो । 

बजार अनुगमनको क्रममा मूल्यसुची नभएको, म्याद नाघेको सामाग्री विक्रि वितरण गरेको साथै दर्ता विना व्यवसाय संचालन गरेको पाईएको संयोजक तथा देवदह–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनु भयो । अनुगमनका क्रममा व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न आग्रह गर्दै आगामी दिनमा पसलमा मूल्यसुची अनिवार्य रुपमा राख्न आग्रह गरिएको संयोजक अधिकारीले जानकारी दिनु भयो । 

अनुगमन समितिले होटल व्यवसायको समेत अनुगमन गरेको र खैरेनी क्षेत्रमा संचालन भएका होटलहरुमा सरसफाई नभएको पाईएको गंगाप्रसाद पन्थीले जानकारी दिनु भयो । खैरेनी चोकमा संचालन गरेका केही होटलहरुको किचनमा सरसफाई नभएको र त्यसलाई पूर्ण सरसफाई गरेर मात्र संचालन गर्न आग्रह गरिएको बताउदै आगामी दिनमा सरसफाई गर्न नसके कारबाही गरिने संयोजक अधिकारीले जानकारी दिनुभयो । बजार अनुगमनको क्रममा दुर्गन्धीत मासु जफत गरी गाडिएको संयोजक अधिकारीले जानकारी दिनु भयो । देवदह क्षेत्रमा संचालन गरिएका केही मासु पसलमा करिव २५ किलो दुर्गन्धीत मासु फेला परेको उहाले जानकारी दिनु भयो । 

खैरेनी बजार देखि सिद्धार्थ कोलोनी जाने बाटोमा खुला रुपमा बेचिएको दुर्गन्धीत मासु जफत गरी गाडिएको अनुगमन समितिका सदस्य सचिव गंगाप्रसाद पन्थीले जानकारी दिनु भयो । पटक÷पटक खुला रुपमा दुर्गन्धीत मासु नबेच्न आग्रह गरेपनि अटेर गरेको स्थानीयवासीहरुको भनाई रहेको छ । यसैगरी मासु विक्रि गर्न प्रयोग गरिने ढक र तराजु समेत जफत गरिएको छ । मासु विक्रि वितरण गर्नको लागि प्रयोग गरिएको ढुंगाको ढक र तराजु जफत गरिएको संयोजक अधिकारीले जानकारी दिनु भयो । आगामी दिनमा ढुंगाको ढक र नमिलेको तराजु प्रयोग नगर्न आग्रह गरिएको उहाँले जानकारी दिनु भयो । 

यसैवीच रुपन्देहीको देवदहमा अवैध सामाग्री प्रक्राउ गरिएको छ । भारतबाट अवैध रुपमा ल्याएको चिनी, चामल, विस्कुट जस्ता अवैध सामाग्री प्रक्राउ गरिएको देवदह प्रहरी चौकीले जनाएको छ । भारतबाट अवैध रुपमा ल्याएको १ सय ५० किलो चिनी, २० पोका वासमती चामल र केही विस्कुट प्रक्राउ गरिएको हो । लु १४ प ५३९ नम्वरको मोटरसाईकलमा ल्याउदै गर्दा उक्त अवैध सामाग्री प्रक्राउ गरेको हो ।