Devdaha Tv | समाज
मंसिर १७ | 2022 Dec 03
Flash News

पाल्पाको रैनादेवी गाउँपालिकामा जिप दुर्घटना

2 months ago
पाल्पाको-रैनादेवी-गाउँपालिकामा-जिप-दुर्घटना

असोज १३ । बिहिवार पाल्पाको रैनादेवी छहरा ४ मा जिप दुर्घटना भएको छ । आज बिहान ५ बजे ११ जना याधु बोकेर बुटवलबाट जुठापौवातर्फ जादै गरेको लु १ ख १४३१ नम्बरको जिप भैरव मावि छहराको निमार्णधिन भवन माथी दुर्घटना भएको हो । 

उक्त दुर्घटनामा ५ जना घाईते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ । घाइतेको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।