Devdaha Tv | स्थानीय
आश्विन १४ | 2022 Sep 30
Flash News

जनउत्थान दुग्ध उत्पादक सहकारीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्

1 week ago
जनउत्थान-दुग्ध-उत्पादक-सहकारीको-सार्वजनिक-सुनुवाई-कार्यक्रम-सम्पन्

असोज ६ । जनउत्थान दुग्ध उत्पादक सहकारी देवदह–२, ढेकावरले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले संचालन गरेको स्वच्छ दुग्ध उत्पादक तथा विक्रि वितरण उपआयोजनाको एक कार्यक्रमका वीच सार्वजनिक सुनुवाई गरेको हो । जनउत्थान दुग्ध उत्पादक सहकारीका शेयर सदस्यको लगानी, राष्ट्रिय सहकारी बैक बुटवलको ऋण लगानी र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजनाको पुरक अनुदानमा उपआयोजना संचालन भएको छ । 

जनउत्थान दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष जागेश्वर पंगेनीको अध्यक्षता र देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पंगेनीले उप आयोजनाले अहिले गाई तथा भैसी गरी ८३ वटा पशुपालन गरिरहेको जानकारी दिनुभयो । स्वच्छ दुग्ध उत्पादन गर्ने उदेश्यका साथ उपआयोजना संचालन गरिएको बताउनुभयो । उपआयोजनामा अहिले सम्म करिव एक करोड ८३ लाख लगानी भईसकेको जानकारी दिनुभयो । उप आयोजनाले गुणस्तर दुग्ध उत्पादन, नश्व सुधार कार्यक्रम, मल बनाउने र एकिकृत रुपमा पशुपालन गर्ने गरी काम अगाडि बढाएको बताउनुभयो । 

सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले आत्मनिर्भरको लागि दुध र मासु पदार्थको प्राप्त उत्पादन गर्न आवश्यक रहेको औल्याउनुभयो । दुग्ध जन्य पदार्थको उत्पादनमा पछिल्लो समय घट्दो अवस्था रहेको बताउदै उत्पादन बृद्धि गर्नको लागि दुग्ध जन्य सहकारीहरु लाग्नु पर्नेमा जोड दिनुभएको थियो । उहाँले दुग्ध र मासु उत्पादनको लागि राज्यले अनुदानको व्यवस्था गरेपनि वास्तविक कृषक समक्ष अनुदान नपुगेको र त्यसलाई रोक्न सवै लाग्नु पर्नेमा जोड दिनुभयो । नगर प्रमुख खरेलले उद्योग व्यवसाय प्रवद्र्धनको लागि नगरपालिकाले बजेटको व्यवस्था गरेको बताउनुभयो । देखाउनको लागि आयोजना संचालन गर्नु भन्दा उत्पादन बृद्धि गर्नको लागि काम गर्न आग्रह गर्नुभएको थियो । उहाँले उपआयोजनाबाट संचालित फमलाई देवदह क्षेत्रको नमुनाको रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । देवदह क्षेत्रमा उत्पादन भएका कृषिजन्य पदार्थको बजारीकरणको लागि सितभण्डारणको अवधकारण अगाडि सारेको दावी गर्नुभयो । 

कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर ईनोभेसनका डा. शिवराज भूषाल, देवदह नगरपालिका–२, का वडाअध्यक्ष दलबहादुर राकास्कोटी, पशु सेवा शाखाका हर्कबहादुर दानी लगायतले आ–आफना भनाई राख्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष राजु रेग्मीले उपआयोजनाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आयोजनाका संचालक सदस्य विक्रम पौडेलको स्वागत र व्यवस्थापक धनश्याम गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।