Devdaha Tv | समाचार
आश्विन १४ | 2022 Sep 30
Flash News

हेर्नुहोस आजको मौसम : कहाँ कहाँको मौसम कस्तो रहनेछ 

1 week ago
हेर्नुहोस-आजको-मौसम-:-कहाँ-कहाँको-मौसम-कस्तो-रहनेछ-

असोज ५ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने  छ। आज लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

आज राति देशभर बदली रही प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।