Devdaha Tv | स्थानीय
आश्विन १४ | 2022 Sep 30
Flash News

बजार अनुगमन समितिद्वारा देवदह–७, शितलनगरको बजार अनुगमन

1 week ago
बजार-अनुगमन-समितिद्वारा-देवदह–७,-शितलनगरको-बजार-अनुगमन

तिलोचन दहाल, देवदह । असोज ४ । देवदह नगरपालिका बजार अनुगमन समितिले देवदह–७, शितलनगरको बजार अनुगमन गरेकोे छ । देवदह–७ शितलनगरमा रहेका किराना पसलको अनुगमन गरेको देवदह–७ का वडा अध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक  कृष्णप्रसाद अधिकारीले बताउनु भयो । चाडपर्वको समयमा हुने मुल्य बृद्धि, कालोबजारी र गुणस्तरहिन सामाग्री बिक्री वितरण नहोस भन्नको लागि अनुगमन गरिएको उहाले बताउनु भयो । 

शितलनगरमा रहेका अधिकांश किराना पसलमा उपयोग मिति नाघेका खाद्य सामाग्री भेटाईएको समितिले जनाएको छ । अनुगमनको क्रममा ब्यवसाय दर्ता, मूल्य सुची, र उपभोग्य मितिलाई बढि महत्व दिइएको संयोजक अधिकारीले बताउनु भयो । 

देवदह – ७, शितलनगरमा रहेका अनमोल किराना पसल, दिपा किराना पसल, ममता जनरल स्टोर्स, न्यु कंडेल स्टोर्स, जय भवानी टे«ड सेन्टर, के.एस.एस.ईन्टरप्राईजेज, सुन्दर किराना पसल, न्यु सिदार्थ टे«ड, न्यु विपिन किराना पसल, जय गह्रौकलिका जनरल स्टोर्स, रिसिमा किराना पसल, पाठक खाद्यन्न स्टोर्स लगायतका पसलहरुमा अनुगमन गरिएको अनुगमन समितिले जनाएको छ । 

अनुगमनमा अनुगमन समितिका संयोजक तथा सदस्यहरु, देवदह उद्योग वाणिज्य संघका प्रतिनिधी, देवदह ब्यापार संघका प्रतिनिधी, उद्योग ब्यापार संघका प्रतिनिधी, प्रहरी, नगर प्रहरी कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो । 

देवदह क्षेत्रको बजार नियमित अनुगमन गरिने बजार अनुगमन समितिका सदस्य सचिव गंगाप्रसाद पन्थीले बताउनु भयो । बजार अनुगमन गर्दा भेटाईएका समूया समाधानको लागि ब्यापारीहरुलाई संझाएको र पुनः अनुगमन गर्दा हालका समस्या भेटाईएमा कारवाही गरिने देवदह नगरपालिकाका कर्मचारी तिर्थराज खनालले बताउनु भयो ।