Devdaha Tv | अर्थ बजार
आश्विन १४ | 2022 Sep 30
Flash News

नेप्से आज ३८ दशमलव ८१ अंकले घट्दै १ हजार ८ सय ३७ दशमलव ६० विन्दुमा

1 week ago
नेप्से-आज-३८-दशमलव-८१-अंकले-घट्दै-१-हजार-८-सय-३७-दशमलव-६०-विन्दुमा

असोज ४ । शेयर बजार परीसूचक नेप्से आज पनि ओरालो लागेको छ ।

नेप्से आज ३८ दशमलव ८१ अंकले घट्दै १ हजार ८ सय ३७ दशमलव ६० विन्दुमा झरेको छ ।

आज २३१ कम्पनीका ३८ लाख ५६ हजार ५ सय ३८ कित्ता शेयर १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७ सय २२ मा कारोबार भएको छ ।

आज सबै कम्पनीका शेयर ओरालो लागेका छन् । आज फाईनान्स, हाईड्रोपावर, ट्रेडिङ कम्पनकिा शेयर उच्च अंकले घटेका छन् ।