Devdaha Tv | अर्थ बजार
आश्विन १४ | 2022 Sep 30
Flash News

तोलामा ४ सयले बढ्यो सुनको मुल्य

1 week ago
तोलामा-४-सयले-बढ्यो-सुनको-मुल्य

असोज ४ । कारोबारको तेस्रो दिन आज सुनचाँदीको मूल्य उकालो लागेको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार १ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदी हिजो प्रतितोला १ हजार १ सय७५ रुपैयाँमा कारोबार भएको थियो ।