Devdaha Tv | स्थानीय
आश्विन १४ | 2022 Sep 30
Flash News

पल्लवी साकोसको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

1 week ago
पल्लवी-साकोसको-११-औँ-वार्षिक-साधारण-सभा-सम्पन्न

असोज ३ । पल्लवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बिच साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष प्रमोद खनालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष जगनाथ अधिकारीले आर्थिक प्रतिवेदन तथा सचीव शिव प्रसाद पाठकले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचन, सहकारी बिकास बोर्ड लुम्बिनी प्रदेश सदस्य तथा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष टीका न्यौपाने, गोधुली साकोसका अध्यक्ष रमेश गैरे, निर्माण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोतीलाल ढकाल कृष्ण, सहकारीका सल्लाहकार बिनोद शर्मा, निरन्तर महिला साकोसका अध्यक्ष रुपा ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा शेयर सदस्य दुर्घटना बिमा अन्तर्गत मृतक बिष्णुमाया मगरको परिवार ॐ बहादुर मगरलाई ३ लाख ५० हजार रुपैयाँ चेक हस्तान्तरण गरिएको थियो । साथै कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, असल ऋणी, असल कृषक, असल व्यवसायी तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

२०६८ सालमा स्थापित सहकारीमा हाल ३ हजार ६ सय ५० जना शेयर सदस्य रहेका छन् भने शेयर पुँजी २ करोड ७६ लाख ९२ हजार ३ सय रुपैयाँ तथा सदस्यबाट कुल बचत २३ करोड ५ लाख ९३ हजार ७ सय ५ रुपैयाँ रहेको छ । त्यस्तै ऋण लगानीतर्फ २८ करोड १७ लाख ७६ हजार ५ सय ८९ रुपैयाँ र कुल चल दायित्व ७७ लाख ३ हजार ६ सय ४३ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।

कार्यक्रम अध्यक्ष प्रमोद खनालको अध्यक्षता, उपाध्यक्ष कृष्ण प्रसाद गैरेको स्वागत र सचीव शिव प्रसाद पाठकको सञ्चालनमा सम्पन्न भएको थियो ।