Devdaha Tv | स्थानीय
आश्विन १४ | 2022 Sep 30
Flash News

कोलिय देवदह साकोसको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

1 week ago
कोलिय-देवदह-साकोसको-१७-औँ-वार्षिक-साधारण-सभा-सम्पन्न

असोज ३ । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । १७ औँ वार्षिक साधारण सभाको अवसरमा भाद्र २५ गतेदेखी ३१ गते सम्म सेवा केन्द्र स्तरीय साधारण सभाहरु सम्पन्न गर्दै सहकारीले प्रतिनिधिमूलक रुपमा सोमबार मूल समारोह सम्पन्न गरेको हो 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका महासचिव दामोदर अधिकारीले सहकारी अभियान सिक्ने र सिकाउने थलो भएको उल्लेख गर्दै संस्थागत विकासका लागि निरन्तर रुपमा सिकाई आवस्यक रहेको औँल्याउनुभयो । उहाँले एकका लागि सबै र सबैका लागि एक भन्ने भावनाले संस्था अगाडि बढ्ने भन्दै बाल देखि वृद्धसम्म र कोर्कोदेखि कात्रोसम्म सहकारीको आवस्यकता रहेको बताउनुभयो । उहाँले पछिल्लो समय देशमा उत्पादनको निराशाजनक अवस्था तथा आयतको असन्तुलित तथ्यांक, युवा विदेश पलायनको बिकराल अवस्था लगायतका कारणले गर्दा अब सहकारीले उद्यमशीलतालाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आजको बचत भोलिको अफ्ठ्यारोमा काम आउने भएकाले अनिवार्य नियमित मासिक बचत गर्नुपर्ने आवस्यकता औँल्याउँदै, संस्था शेयर सदस्यहरुको भएकाले संस्थाको समग्र विकासमा सेयर सदस्यहरुको महत्वपूर्ण भूमिका हुने उहाँको भानाई थियो ।

कार्यक्रममा अध्यक्ष सुवकान्त न्यौपानेले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रजापती सापकोटाले आर्थिक प्रतिवेदन सचिव तथा कृष्णराज पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कारोबारी, उत्कृष्ट ऋणी, उत्कृष्ट व्यवसायी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट सेवा केन्द्र, उत्कृष्ट उपसमिति लगायतलाई पुरस्कार तथा सम्मानको घोषणा गरिएको थियो । उक्त पुरस्कार तथा सम्मान अगामी मंसिर १२ गते सहकारीको स्थापना दिवसको अवसरमा प्रदान गरिने सहकारीले जनाएको छ ।

कुल १४ हजार ८ सय ८८ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ११ करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको छ भने संस्थागत पुँजी ९ करोड ४६ लाख ५३ हजार ५ सय १० र बचत १ अर्ब १९ करोड ५५ लाख ३१ हजार २ सय १८ रुपैयाँ रहेको छ । सहकारीको ऋण लगानी १ अर्ब ३५ करोड १ लाख ४५ हजार ६ सय ४० तथा कुल सम्पत्ति एवं दायित्व १ अर्ब ५३ करोड ९९ लाख ५० हजार ९ सय ७८ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।

कार्यक्रम सहकारीका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षता, उपाध्यक्ष विष्णु प्रसाद पौडेलको स्वागत र सचिव कृष्णराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।