Devdaha Tv | राजनीति
आश्विन १४ | 2022 Sep 30
Flash News

राष्ट्रपति भण्डारीद्धारा संविधान दिवसको शुभकामना व्यक्त 

1 week ago
राष्ट्रपति-भण्डारीद्धारा-संविधान-दिवसको-शुभकामना-व्यक्त-

असोज ३ । आज राष्ट्रिय संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको हो । 

उहाँले संविधान दिवसका अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुधएको थियो । 

भण्डारीले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभयो ।

भण्डारीले संविधानद्धारा सुनिश्चित गरिएका मौलिक अधिकारहरूको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नु पर्ने बताउनुभयो ।

उहाँले नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता‚ अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वाेपरी राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले देशको हित र जनताको उन्नतिभन्दा ठूलो अर्काे कुनै लक्ष्य हुन नसक्ने उल्लेख गर्नुभयो । 

भण्डारीले आगामी निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न सबै मतदाताहरूलाई अपिल समेत गर्नुधएको छ । उहाँले शान्तिपूर्ण‚ निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार‚ निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राजनीतिक दल‚ सञ्चार माध्यमका साथै सम्पूर्ण जनसमुदायमा आह्वान गर्नुभएको छ ।