Devdaha Tv | स्थानीय
आश्विन १४ | 2022 Sep 30
Flash News

देवदहको केरवानी स्वास्थ्य चौकीमा साप्ताहिक विशेषज्ञ सेवा शुभारम्भ

1 week ago
देवदहको-केरवानी-स्वास्थ्य-चौकीमा-साप्ताहिक-विशेषज्ञ-सेवा-शुभारम्भ

असोज २ । केरवानी स्वास्थ्य चौकी देवदह–२, ढेकावरमा साप्ताहिक विशेषज्ञ सेवाको शुभारम्भ गरिएको छ । केरवानी स्वास्थ्य चौकीको आयोजना र देवदह मेडिकल कलेज भलुहीको प्राविधिक सहयोगमा साप्ताहिक विशेषज्ञ सेवाको शुभारम्भ गरिएको हो । 

स्वास्थ्य चौकीमा हरेक हप्तामा फरक÷फरक विशेषज्ञबाट सेवा प्रवाह गर्ने गरी कार्यक्रम अगाडि सारिएको केरवानी स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मीले जानकारी दिनुभयो । आमनागरिकलाई स्वास्थ्यको पहुचमा पु¥याउनको लागि साप्ताहिक विशेषज्ञ सेवा कार्यक्रम अगाडि सारेको उहाँले जानकारी दिनुभयो । गर्भवती महिला, सुत्केरी महिला, छाला रोग, हार्डजोर्नी तथा सम्र्पूण रोगहरुको समस्या समाधान गर्ने गरी कार्यक्रम अगाडि सारेको रेग्मीले बताउनुभयो । 

साप्ताहिक विशेषज्ञ सेवाको एक कार्यक्रमका वीच देवदह नगरपालिकाका नगर प्रमुख धु्रवप्रसाद खरेलले शुभारम्भ गर्नुभएको हो । कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खरेलले साप्ताहिक विशेषज्ञ कार्यक्रमले आमनागरिकलाई स्वास्थ्यको पहुचमा पु¥याउने बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिदै नगरपालिकाले स्वास्थ्य विमा कार्यक्रम अगाडि सारेको बताउनुभयो । स्वास्थ्य विमा राज्यले खारेज गरेपनि देवदह नगरपालिकाले त्यसलाई निरन्तरता दिने दावी गर्नुभयो । 

सोही अवसरमा बोल्दै देवदह मेडिकल कलेज भलुहीका अध्यक्ष गोपालप्रसाद पोखरेलले नगरपालिकासंग सहकार्य गरेर स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभयो । उहाँले मेडिकल कलेजमा स्वास्थ्य विमाको सेवा रहेको बताउदै स्वास्थ्य विमा विकेन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो । पोख्ररेले असोजको पहिलो हप्ता सम्म केरवानी स्वास्थ्य चौकीद्धारा रिफर भएर मेडिकल कलेजमा उपचार गराउनेलाई ५० प्रतिशत छुट प्रदान गर्ने दावी गर्नुभयो । केरवानी स्वास्थ्य चौकीमा शुरु भएको साप्ताहिक विशेषज्ञ सेवामा हरेक महिनाको एक दिन रेडियोलोजिष्ट विशेषज्ञबाट सेवा प्रवाह गर्ने बताउनुभयो । 

केरवानी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं देवदह–२, का वडाअध्यक्ष दलबहादुर रास्कोटीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे, स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे लगायतले आ–आफना भनाई राख्नुभएको थियो । साप्ताहिक विशेषज्ञ सेवाको पहिलो दिन गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । केरवानी स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मीको स्वागत र उमानन्द भूषालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।