Devdaha Tv | राजनीति
आश्विन १४ | 2022 Sep 30
Flash News

निर्वाचन नसकिएसम्म जग्गासम्बन्धी कार्य र वैदेशिक भ्रमणमा नजान निर्वाचन आयोगको निर्देशन

2 weeks ago
निर्वाचन-नसकिएसम्म-जग्गासम्बन्धी-कार्य-र-वैदेशिक-भ्रमणमा-नजान-निर्वाचन-आयोगको-निर्देशन

भाद्र ३१ ।मिना गैरे । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालापुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न र नेपाल सरकार, प्रदेश सरकार, तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगराउन निर्देशन दिएको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

आयोगले  निर्वाचनमा स्वच्छता, र निष्पक्षता कायम राख्न निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने, जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्ने लगायतका कार्यहरु तत्काल रोक्न निर्देशन दिएको हो । साथै आयोगले सेवा स्थगित गरेका २ दिनभित्र आयोगमा जानकारी दिन राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । 

आयोगले वैदेशिक भ्रमणमा जान र भ्रमण स्वीकृत नगर्न नेपाल सरकार मातहतका ७ वटा प्रदेश सरकार र स्थानीय सरकारलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको कोषबाट रकम खर्च हुनेगरी वैदेशिक भ्रमण नगर्न र नगराउँन भनेको हो । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचनको तयारीमा आयोग जुटेको छ । यसैबीच आयोगले निर्वाचनका लागि निर्वाचन कार्यालय समेत स्थापना गरेको छ । आगामी निर्वाचनको मिति नजिकिएसँगै असोज २ र ३ गते उम्मेदवार मनोनयनको लागि बन्दसूची पेश गर्ने कार्यक्रम र निर्वाचनका अन्य कार्यक्रम सञ्चालन हुने राजपत्रमा प्रकाशित भएको आयोगले जनाएको छ ।