Devdaha Tv | स्थानीय
आश्विन १४ | 2022 Sep 30
Flash News

सहकारीहरुले शेयर सदस्यलाई उत्पादनसंग जोड्ने गरी लगानी गर्नु पर्छ: नगर प्रमुख खरेल

2 weeks ago
सहकारीहरुले-शेयर-सदस्यलाई-उत्पादनसंग-जोड्ने-गरी-लगानी-गर्नु-पर्छ:-नगर-प्रमुख-खरेल

भाद्र २९ । सहकारीहरुले शेयर सदस्यहरुलाई उद्यमी बनाउने गरी योजना निर्माण गर्नुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले शेयर सदस्य उद्यमी बनेमात्र आर्थिक उपार्जन हुने र सहकारी पनि सक्षम हुनेमा जोड दिएका थिए । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था घोडाहा सेवा केन्द्र स्तरीय १७ औं बार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले सहकारीले शेयर सदस्यलाई वित्तिय शिक्षा निरन्तर दिनु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख धु्रवप्रसाद खरेलले सहकारीहरुले शेयर सदस्यलाई उत्पादनसंग जोड्ने गरी लगानी गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले उत्पादन बृद्धिले मात्र देश समृद्धि तर्फ अगाडि बढ्ने बताउदै त्यसको लागि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको औल्याउनु भयो । उहाँले सहकारी निती, विधि र प्रविधिमा संचालन हुनु पर्ने बताउनु भयो ।

घोडाहा सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक पिताम्वर खरालको अध्यक्षतामा भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संघ लुम्विनी प्रदेशका महासचिव ऋषिराम सापकोटा, सल्लाहकारद्धय कृष्णप्रसाद पौडेल, प्रकाश अर्याल, लेखा संयोजक हरिप्रसाद ढुंगाना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा संयोजक खरालले सेवा केन्द्रको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन निर्देशिका वारे प्रकाश पार्नु भएको थियो ।

साधारण सभामा २१ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरिएको थियो । साधारण सभाले मूल समारोहका लागि ५७ जना प्रतिनिधि छनोट गरेको छ । विष्णु भट्टराईको स्वागत र व्यवस्थापक विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी तारापुञ्ज सेवा केन्द्र भलुहीको पनि साधारण सभा सम्पन्न भएको छ । तारापुञ्ज सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक खडकबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तुल्सीराम शर्मा, सल्लाहकारद्धय रुका सापकोटा, जयकिशन अधिकारी, शेयर सदस्य गुमान खत्री लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

साधारण सभामा ३० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । साधारण सभाले मूल समारोहका लागि ६८ जना प्रतिनिधि छनोट गरेको छ । कार्यक्रममा संयोजक क्षेत्रीले सेवा केन्द्रको बार्षिक प्रतिवेदन र अध्यक्ष सुवकान्त न्यौपानेले निर्वाचन निर्देशिका वारे प्रकाश पार्नु भएको थियो । कल्पना न्यौपानेको स्वागत र स स्थापक बुद्धिसागर अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।