Devdaha Tv | स्थानीय
आश्विन १४ | 2022 Sep 30
Flash News

सगरमाथा आवासीय मा.वि मा बालदिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

2 weeks ago
सगरमाथा-आवासीय-मा.वि-मा-बालदिवसको-अवसरमा-विभिन्न-कार्यक्रम-सम्पन्न

भाद्र २९ । ५८ औं अन्तराष्ट्रिय बालदिवसको अवसरमा सगरमाथा आवासीय मा.वि., देवदह —७ शीतलनगरमा कक्षानसरी देखि कक्षा ३ सम्मका ३५० बढि विद्यार्थीहरुको सहभागीतामा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संम्पन्न भएका छन् ।

विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक अजय थापा मगरले दिएको जानकारी अनुसार प्ले गुप्र मा सम्पन्न सटिङ्ग विन्स एण्ड पिज प्रतियोगितामा बबिन क्षेत्री, मौसम ढेंगा र सवाल थापा क्रमस प्रथम द्धितिय र तृतीय भएका छन् । त्यसैगरि नर्सरी तर्फ सम्पन्न सोही प्रतियोगितामा सौगात पाण्डे, गगन वि.क र प्रज्वल वि.क क्रमस प्रथम, द्धितिय र तृतीय भएका छन् । एल.के.जी कक्षामा सम्पन्न गणीतीय दौड प्रतियोगितामा सम्राट क्षेत्री प्रथम, मोसु गुरुङ्ग द्धितिय र डेनिस मल्लले तृतीय स्थान हासिल गरेका छन् ।

त्यसै गरि यू.के.जी कक्षामा संचालन गरिएको सोही प्रतियोगितामा स्यामू दर्जी, जेनिसा कंडेल र डेनिस मल्लले क्रमश प्रथम द्धितिय र तृतीय स्थान हासिल गरेका छन् भने कक्षा १ तर्फको समुहमा विशाल चापागाई, इप्सु पोख्ररेल र दिपशिखा थापाले क्रमश प्रथम, द्धितिय र तृतीय स्थानहासिल गरेका छन् ।

त्यसै गरि कक्षा २ मा सम्पन्न स्वीट रेस प्रतियोगितामा छात्र तर्फ दोना थापा, मन्दीप वि.क र आयूस थापा र छात्रातर्फ स्वस्तीका क्षेत्री, सलीना पुन र अस्मीता पुरी र कक्षा ३ मा सम्पन्न सोही प्रतियोगितामा छात्र तर्फ हिमांशु थापा, विवस घर्ती मगर र अविश्कार वि.क. छात्रातर्फ रुवी गीरी अनुस्का सापकोटा र सुस्मा थापाले क्रमश प्रथम द्धितिय र तृतीय स्थान हासिल गरेका छन् ।

कार्यक्रमलाई संवोधन गर्दै विद्यालयका प्राचार्यले बालबालिका देशको भविस्य भएकाले उनीहरुको चौतर्फी विकासमा घर परिवार र राष्ट्रले आ–आफ्नो क्षेत्रवाट विषेश भूमीका निभाउनु पर्ने बताउनुभयो । तहगत संयोजक अमृता पाण्डे र कक्षाशिक्षकहरुको सक्रियतामा उक्तकार्यक्रमहरु सम्पन्न भएका हुन् ।