Devdaha Tv | राजनीति
आश्विन १४ | 2022 Sep 30
Flash News

पाकिस्तानलाई नेपालले २ करोडको राहत सहयोग गर्ने 

2 weeks ago
पाकिस्तानलाई-नेपालले-२-करोडको-राहत-सहयोग-गर्ने-

२७ भाद्र । नेपाल सरकारले प्राकृतिक विपद्को सामना गरीरहेको पाकिस्तानलाई राहत सामाग्रीहरु प्रदान गर्ने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अविरल बर्षाका कारण आएको बाढीले आक्रान्त बनेको पाकिस्तानलाई राहत सामाग्री सहयोग गर्ने जनाएको हो । 

नेपाल सरकार मन्त्रिपरीषद्को भाद्र २१ गते बसेको बैठकले पाकिस्तानमा बाढीका कारण प्रभावित भएकाहरुलाई २ करोड नेपाली मुल्य बराबरको राहत सामाग्री प्रदान गर्ने निर्णय गरेको थियो । 

आज गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘विपद्मा परी मृत्यु हुनेहरुप्रति नेपाल सरकार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तब्ध परिवारप्रति हार्दिक समवेदना र घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दछ‘ भनिएको छ ।