Devdaha Tv | राजनीति
आश्विन १४ | 2022 Sep 30
Flash News

नवनियुक्त राजदुतले लिए पद तथा गोपनियताको शपथ 

2 weeks ago
नवनियुक्त-राजदुतले-लिए-पद-तथा-गोपनियताको-शपथ-

भाद्र २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदुतहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ । भण्डारीले आज राष्ट्रपतिको कार्यालय, महाराजगंजमा आयोजित एक समारोहका बिच २ जना नवनियुक्त राजदुतलाई शपथ ग्रहण गराउनुभएको हो । 

भण्डारीले म्यानमारका लागि नवनियुक्त राजदुत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नवनियुक्त राजदुत डिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । 
उक्त शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।