Devdaha Tv | खेलकुद
आश्विन १४ | 2022 Sep 30
Flash News

लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कालोसूचीमा 

2 weeks ago
लामिछाने-त्रिभुवन-अन्तर्राष्ट्रिय-विमानस्थलको-कालोसूचीमा-

२६ भाद्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दिप लामिछानेलाई कालोसूीमा राखेको छ । लामिछानेलाई बलात्कारको जाहेरी र पक्राउ पुर्जी जारी भएपछि विमानस्थलबाट पक्राउ गर्न कालोसूचीमा राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

लामिछानेविरुद्ध नावमलिका बलात्कार आरोपमा जाहेरी परेको छ । लामिछानेलाई पक्राउ गर्न गत बिहीबार जिल्ला अदालत, काठमाडौंले अनुमति दिएसँगै उनी विरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ । नेपाल क्रिकेट संघ क्यानले पकउ पुर्जी जारी भएपश्चात लामिछानेलाई बिहीबार नै निलम्बन गरेको थियो । लामिछानेले आफू निर्दाेष रहेको र कानुनी प्रक्रियामा जाने बताउँदै आएका छन् ।