Devdaha Tv | राजनीति
आश्विन १४ | 2022 Sep 30
Flash News

राप्रपा क्षेत्र नम्बर २ रुपन्देहीद्धारा सुरेन्द्र पौडेलसहित ४ जना सिफारिस

2 weeks ago
राप्रपा-क्षेत्र-नम्बर-२-रुपन्देहीद्धारा-सुरेन्द्र-पौडेलसहित-४-जना-सिफारिस

२६ भाद्र । रास्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । रुपन्देही क्षेत्र नम्बर २ रास्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधि सभा निर्वाचनका लागि सुरेन्द्र पौडेलको नाम सिफारिस गरेको हो । पार्टीले प्रतिनिधि सभा सदस्यका लागि युबा नेता सुरेन्द्र पौडेल सहित राम बहादुर थापा लगायत ४ जनाको नाम सिफारिस गरेको जनाएको छ ।

प्रतिनिधि सभा प्रत्यक्षमा सिफारिस हुनुभएका युवा नेता पौडेल बौद्धिक, धार्मिक, आध्यात्मिक, सामाजिक, आर्थिक, तथा राजनीतिका प्रखर नेता हुनुहुन्छ । निरन्तर जनताको हित, रास्ट्रको हित र सामाजिक कार्यमा तल्लीन रहने युवा नेता पौडेलले आफू देश र जनताको लागि जे गर्न पनि पछाडी नहट्ने बताउनुभयो । उहाले देश र सार्बभौमिकताको रक्षाका हेतु आफू निरन्तर लाग्ने बताउनु भएको छ ।

त्यस्तै राम बहादुर थापा नेपाल र नेपाली जनताको उत्थानका लागि निरन्तर राजनीतिमा लागिरहनु भएको छ । उहाले नेपाल र नेपाली जनताको हितमा काम गर्न आफु तयार रहेको बताउनु भयो ।