Devdaha Tv | राजनीति
आश्विन १४ | 2022 Sep 30
Flash News

छोनाम पर्वमा बाग्मती प्रदेशमा सार्वजनिक विदा 

3 weeks ago
छोनाम-पर्वमा-बाग्मती-प्रदेशमा-सार्वजनिक-विदा-

भाद्र २१ । बाग्मती प्रदेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले एक सूचना जारी गर्दै भोली सार्वजनिक विदा दिने बताएको हो । 

भोली चेपाङ् समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा प्रदेशले चितवन, मकवानपुर, र धादिङ जिल्लाभर सार्वजनिक विदा दिने भएको हो । बाग्मती प्रदेश सरकार, मन्त्रिपरीषद्को २०७८ चैत्र ९ गतेको निर्णयअनुसार भोली सार्वजनिक विदा दिन लागिएको बाग्मती प्रदेश सरकारका प्रवक्ता तथा उपसचिव अनुशील सापकोटाले जानकारी दिनुभयो ।