Devdaha Tv | राजनीति
आश्विन १४ | 2022 Sep 30
Flash News

आयोगद्धारा निर्वाचनका लागि १० हजार ८ सय ८८ मतदान स्थल कायम

3 weeks ago
आयोगद्धारा-निर्वाचनका-लागि-१०-हजार-८-सय-८८-मतदान-स्थल-कायम

भाद्र २१ । आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले १० हजार ८ सय ८८ मतदान स्थल कायम भएको जनाएको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै आसन्न निर्वाचनका लागि १० हजार ८ सय ८८ मतदान स्थल कायम भएको जनाएको हो । स्थानीय तह निर्वाचनमा देशभर १० हजार ७ सय ५६ मतदान स्थल रहेका थिए । अहिले मतदान स्थलको संख्या १० हजार ८८८ पुगेको छ । आयोगले देशभर मतदान स्थल पुनरावलोकन गर्दा ४०१ मतदान स्थल हटाई नयाँ मतदान स्थल निर्धारण गरीएको पनि जनाएको छ । 

आयोगले मतदानस्थलको पुनरावलोकन समेत गरेको छ । आयोगले मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधी २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउँन र मतदातालाई मतदान प्रक्रियामा सहज पहँुचका लागि मतदाताको संख्या, सुविधा, सुरक्षालाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको जनाएको छ । आयोगले जिल्ला मतदान स्थल तथा मतदान केन्द्रको सिफारिसमा मतदान स्थलको पुनरावलोकन गरेको थियो । आयोगले मतदाताको संघनता, मतदान स्थलसम्मको पहूँच, भवन, सञ्चार, विद्युत, यातायात लगायतको पूर्वाधारको अवस्था, सुरक्षा, तथा भौगोकि आधारमा मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरेको थियो । 

आयोगले मतदान स्थल पुनरावलोकन गर्दा १ हजार १ सय २३ मतदान स्थ्लको त्रृटि सच्याएको, ३६५ मतदान स्थलबाट मतदाता स्थानान्तरण गरी ३ सय ६४ कतदान स्थल निर्धारण, त्यस्तै १६३ मतदान स्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १६९ मतदान स्थल निर्धारण गरेको छ । त्यस्तै २८ स्थलका सबै मतदातालाई २८ मतदान स्थलमा र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको आयोगले जनाएको छ ।