Devdaha Tv | अपराध
आश्विन १४ | 2022 Sep 30
Flash News

जिल्ला प्रहरी कार्यालय नवलपरासीद्धारा फरार रहेका प्रतिवादीहरु पक्राउ

1 month ago
जिल्ला-प्रहरी-कार्यालय-नवलपरासीद्धारा-फरार-रहेका-प्रतिवादीहरु-पक्राउ

भाद्र १ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । बुधबार जिल्ला पहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिभिन्न कसूरहरुमा संलग्न भएका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । जिल्ला अदालत नवलपरासीले पक्राउ परेका प्रतिवादीहरुलाई बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला सुनाएको थियो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार पक्राउ गरेका पाल्हिन्नदन गाउँपालिका वडा नं. ६ का राजेश्वर सिंहलाई बहुविबाह कसुरमा अदालतले रु ५००० जरिवाना र ११ महिना १४ दिन कैद सजाय सुनाएको थियो । त्यस्तै वडा नं. ६ का रोहित हरिजनलाई चोरी कसुरमा रु २ लाख ६५ हजार ९ सय रुपैयाँ जरिवाना र १ महिना कैद सजाय त्यस्तै सोही गाउँपालिकाका वडा नं. ६ का पारस भर त्यस्तै सोही स्थानका रोगी भर, माधब भरलाई गाली बेइज्यतीको कसुरमा रु २२ जरिवाना सजाय सुनाएको थियो ।

रामग्राम नगरपालिका १६ का पन्नालाल यादबलाई अदालतले लागू औषधसम्बन्धी कसूरमा रु ७ हजार ५ सय जरीवाना सजाय सुनाएको थियो । त्यस्तैगरी सोही स्थानका प्रमोद राज भरलाई जिल्ला अदालत नवलपरासीले सवारी ज्यान मुद्धामा दोषी ठहर गरी रु २ हजार जरिवाना सजाय सुनाएकोे थियो ।     


फरार भएका प्रतिबादीहरुलाई पक्राउ गरि कैद तथा जरिवाना भुक्तानीको लागि जिल्ला अदालत नवलपरासी पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।