Devdaha Tv | समाचार
आश्विन १४ | 2022 Sep 30
Flash News

आजबाट ४० माईक्रोनभन्दा कमका प्लाष्टिकजन्य बस्तु प्रतिबन्धित

1 month ago
आजबाट-४०-माईक्रोनभन्दा-कमका-प्लाष्टिकजन्य-बस्तु-प्रतिबन्धित

भाद्र १ । आजबाट ४० माईक्रोनभन्दा कम प्लाष्टिकजन्य बस्तुको प्रयोग गर्न नपाईने भएको छ । नेपाल सरकारको वातावरण विभागले प्लाष्किजन्य वस्तुमाथिको प्रतिबन्ध थप कडाईका साथ लागू गर्न यस्तो रोक लगाएको हो । 

नेपाल सरकारले प्लाष्टिकजन्य बस्तुबाट हुने प्रदुषण रोक्न २०७८ श्रावण १ गतेदेखि लागू हुनेगरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकजन्य बस्तुको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको थियो । 

विभागले गत श्रावण १० गते विज्ञप्ति निकालेर प्लाष्टिकजन्य झोलाको सट्टा सुती, जुट र कागजका झोला प्रयोगमा ल्याउँन सपिङ्मल, डिर्पाटमेन्टल स्टोर लगायतका व्यापारीक प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । 

वातावरण विभागले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला वा सिट उत्पादन गर्ने उद्योगलाई पुरानो मेशिन प्रतिस्थापन गरी नयाँ जडमान गरेमा हुने थप लगानी बराबरको रकम २०७८÷७९ को आयव्ययको बक्तव्यमा उल्लेख भएअनुसार अनुदान उपलब्ध गराउँने पनि बताएको छ । 

विभागले प्लाष्टिकजन्य उत्पादक, वितरक, बिक्रेता तथा उपभोक्ताहरुलाई नियमबमोजिम गर्न गराउँन निर्देशन दिएको छ । निर्देशन अटेर गर्नेलाई कारबाही हुनेपनि विभागले चेतावनी दिएको छ ।