Devdaha Tv | अपराध
आश्विन १४ | 2022 Sep 30
Flash News

बैरागनाथ प्रहरीद्धारा लाखौको अवैध सामान बरामद

1 month ago
बैरागनाथ-प्रहरीद्धारा-लाखौको-अवैध-सामान-बरामद

भाद्र १ । नवलपरासी । वैरागनाथ प्रहरी कार्यालय नवलपरासीले लाखौको अवैध सामान फेला पारेको छ । नवलपरासीमा वेवारिसे चिनी फेला पारेको छ । प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरी टोलीले नवलपरासीको रामग्राम नगरपालिका वडा १८ दशकठ्ठा स्थित बेबारिसे चिनी फेला पारेको हो । मंगलबार बेबारिसे अवस्थामा रहेको लु १ ज ४४०९ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा उक्त गाडीमा रु ९० हजार बराबरको १५ क्विन्टल चिनी फेला पारेको प्रहरी चौकी बैरागनाथका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनु भयो । उहाँका अनुसार बरामद गरिएको  चिनी मुल्य ९० हजार बराबर र गाडीको अन्दाजी मुल्य १२ लाख बराबर रहेको छ । नियन्त्रणमा लिईएको पिकअप गाडी र चिनी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको  पाण्डेयले जानकारी दिनुभयो । 

त्यस्तै बैरानाथ प्रहरीले मङगलबार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याइ बेबारिसे अवस्थामा राखिएको १ लाख ५३ हजार ४ सय ३० बराबरको बिभिन्न कुर्ता सुरुवाल, साडी लगायतका अवैध कपडा तथा बिभिन्न खाद्यान्न सामानहरु बरामद गरेको छ । बरामद गरियका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारी भोजराज पाणडयले जानकारि दिनुभयो ।