Devdaha Tv | अपराध
आश्विन १४ | 2022 Sep 30
Flash News

नदीजन्य पदार्थ अवैध निकासीमा संलग्न ३ वटा टिपर बरामद

1 month ago
नदीजन्य-पदार्थ-अवैध-निकासीमा-संलग्न-३-वटा-टिपर-बरामद

श्रावण ३१ । नवलपरासीको सुनवल नगरपालिका वडा ११ बर्दगोरीया क्षेत्रमा नदीजन्य पदार्थ अवैध निकासीमा संलग्न ३ वटा टिपर पक्राउ परेका छन् ।

नदीजन्य पदार्थ अवैद उत्खनन गरिरहेको अवस्थामा लु १ क ३८९०, लु २ ख ४२९० र लु १ क ५४०२ नम्बरको टिपरहरुलाई नियन्त्रण लिई कारवाहीको लागि सुनवल नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा बुझाईएको  ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।