Devdaha Tv | अपराध
आश्विन १४ | 2022 Sep 30
Flash News

जरिवाना फैसला भई फरार प्रतिवादी पक्राउ

1 month ago
जरिवाना-फैसला-भई-फरार-प्रतिवादी-पक्राउ

श्रावण ३१ । नवलपरासी जिल्लाको प्रहरी चौकी तोनवाले फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरी चौकी तोनवा बाट प्रहरी सहायक निरीक्षक बृजेश कुमार निसादको कमाण्डमा खटिएको टोलीले फरार रहेका प्रतिवादीलाई मंगलबार पक्राउ गरेको हो । 

उनीहरु अदालतबाट बिभिन्न अपराधमा कसुरदार रहि जरिवाना फैसला भई फरार भएका थिए । अदालतले पक्राउ परेका रामग्राम नगरपालिका वार्ड नं १० बस्ने जोखनी नाउ लाई ३६ हजार ४ सय ३ रुपैया जरिवाना सजाय, वार्ड नं ११ बस्ने बन्धु चौधरी थारुलाई २ हजार १ सय ५० जरिवाना सजाय र वार्ड नं ११ बस्ने बुधिराम भरलाई १ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।  

पक्राउ परेका प्रतिवादीहरुलाई नियन्त्रणमा लिई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत नवलपरासी पठाइएको प्रहरीले जानकारी दिएको छ ।