Devdaha Tv | समाचार
आश्विन १४ | 2022 Sep 30
Flash News

थप ८ सय ४८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि : एक जनाको मृत्यु

1 month ago
थप-८-सय-४८-जनामा-कोरोना-भाईरस-संक्रमण-पुष्टि-:-एक-जनाको-मृत्यु

श्रावण ३१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

पिसीआर विधीबाट २ हजार ७ सय २२ जनामा परीक्षण गर्दा ३ सय ९९ जना र एन्टिजेन विधीबाट २ हजार ८ सय ९७ जनामा परीक्षण गर्दा ४ सय ४९ जना गरी कुल ८ सय ४८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ सय २६ जना संक्रमणमुक्त भएका छन् भने ९० हजार ४ सय ४७ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन्  । यससँगै सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।