Devdaha Tv | स्थानीय
आश्विन १४ | 2022 Sep 30
Flash News

मापसेको भयावह घटना : ट्रकबाट खसेर युवकको मृत्यु

1 month ago
मापसेको-भयावह-घटना-:-ट्रकबाट-खसेर-युवकको-मृत्यु

श्रावण ३१ । ट्रकका सहचालकलाई कुटपिट गर्न खोज्ने एकजना युवाको ट्रकबाट खसेर मृत्यु भएको छ । 

ग २ ख १०१५ नम्बरको ट्रकले बाटो छाड्न हर्न लगाएका बेला सहचालकलाई कुटपिट गर्न ट्रकमाथि चढ्ने क्रममा तानसेन नगरपालिका वडा नं. ८ बस्ने बिक्रम श्रेष्ठ नामका युवा ट्रकबाट खसेका थिए । ट्रकबाट खसेपछि गम्भिर घाईते भएका श्रेष्ठलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको भएपनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

प्रहरीका अनुसार मंगलबार श्रेष्ठसहित उनका केही साथीहरुले मृतकको जन्मदिनका नाउमा मापसे गरी ता.न.पा स्थित जरेपिपलको बाटोमा सडक नै अवरुद्ध गरेर सुतेका र हर्न बजाएपछि उठेर हातपात गर्न खोज्दा ट्रकबाट लडेका थिए । 

ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गौतम बोहराले जानकारी दिनुभयो ।