Devdaha Tv | समाचार
आश्विन १४ | 2022 Sep 30
Flash News

८ सय ८८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि : १ जनाको मृत्यु

1 month ago
८-सय-८८-जनामा-कोरोना-भाईरस-संक्रमण-पुष्टि-:-१-जनाको-मृत्यु

श्रावण ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । 

पिसीआर रएन्टिजेन विधीबाट कुल ५ हजार ७ सय ३७ जनामा परीक्षण गर्दा थप ८ सय ८८ जनामा कोरोना भाईरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबीच आज थप १ लाख ५० हजार ६४ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । 

मन्त्राालयका अनुसार  आज ४ सय ७४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।