Devdaha Tv | अर्थ बजार
आश्विन १४ | 2022 Sep 30
Flash News

कारोबारको दोस्रो दिन आज सुनचाँदीको मूल्यमा गिरावट

1 month ago
कारोबारको-दोस्रो-दिन-आज-सुनचाँदीको-मूल्यमा-गिरावट

श्रावण ३० । कारोबारको दोस्रो दिन आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन हिजो ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

हिजो ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज घटेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी पनि १ हजार २ सय ५० बाट घटेर प्रतितोला १ हजार २ स ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।