Devdaha Tv | खेलकुद
आश्विन १४ | 2022 Sep 30
Flash News

कम्युनिटी शिल्डको उपाधिका लागि आज लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

2 months ago
कम्युनिटी-शिल्डको-उपाधिका-लागि-आज-लिभरपुल-र-म्यानचेस्टर-सिटी-भिड्दै

श्रावण १४ । कम्युनिटी शिल्डको उपाधिका लागि आज लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् ।

यी दुई टोलीले नयाँ सिजनको सुरुवात हुनु पूर्व कम्युनिटी शिल्डको उपाधिका लागि खेल्न लागेका हुन् । खेल आज राति १०ः ४५ बाट सुरु हुनेछ ।

प्रिमियर लिग फुटबल अगस्ट ६ बाट सुरु हुँदैछ । प्रिमियर लिग विजेता र एफएकप विजेताबीच कम्युनिटी शिल्डका लागि प्रतिस्पर्धा हुने गर्छ ।

सिजनको सुरुवातमा हुने यो फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।