Devdaha Tv | खेलकुद
आश्विन १४ | 2022 Sep 30
Flash News

श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपको समूह विभाजन

2 months ago
श्रीलंकामा-आयोजना-हुने-साफ-यू–१७-च्याम्पियनसिपको-समूह-विभाजन

श्रावण १४ । साफ यू–१७ च्याम्पियनसिपको समूह विभाजन भएको छ । 

श्रीलङ्कामा आयोजना हुने प्रतियोगिताको दक्षिण एसियाली फुटबल महासंघ साफले शनिबार समूह विभाजन गरेको हो । 

विभाजनमा समूह बी मा परेको नेपालको समूहमा भारत र भुटान रहेका छन । त्यस्तै समूह ए मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश रहेका छन् । 

श्रीलङ्कामा आयोजना हुने साफ यू–१७ आगामी सेप्टेम्बर ५ बाट सुरु हुनेछ । नेपालले यू–१७ साफका लागि खेलाडी छनोट गरिरहेको छ ।