Devdaha Tv | शिक्षा / प्रविधि
आश्विन १४ | 2022 Sep 30
Flash News

एसईईको परीक्षाफल सार्वजनिक

2 months ago
एसईईको-परीक्षाफल-सार्वजनिक

श्रावण ११ । आज कक्षा १० को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । कुल ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए । ३.६१ देखि ४ ग्रेड ल्याउनेको संख्या ९६३३ रहेको छ जुन कुल संख्याको १.९४ प्रतिशत हो । 

परीक्षमा २२ हजार ५ सय ३७ जना विद्यार्थीले नन ग्रेड ल्याएका छन् जुन कुल संख्याको ४.५५ प्रतिशत हो । ३ हजार २ सय ८० ले ०.८० देखि १.२ जीपीए ल्याएका छन्, यो कुल संख्याको ०.६६ प्रतिशत हो । 

यस्तै ४४ हजार ५ सय ८६ विद्यार्थीले १.२० देखि १.६० जीपीए ल्याएका छन् जुन कुल संख्याको संख्या ९ प्रतिशत हो । २०.२९ प्रतिशत अर्थात १ लाख ५ सय ९४ ले १.६० जीपीएदेखि २.० जीपीए ल्याएका छन् । 

२२.७४ प्रतिशत अर्थात १ लाख १२ हजार ७ सय ३३ विद्यार्थीले २.० देखि २.४ जीपीए प्राप्त गरेका छन् ।  त्यस्तै १८.३१ प्रतिशत अर्थात ९०७५८ विद्यार्थीले २.४१ देखि २.८० जीपीए प्राप्त गरी उतिर्ण भएका छन् ।

२.८१ देखि ३.२ जीपीए ल्याउनेको संख्या ६९ हजार ९ सय प्रतिशत रहेको छ । जुन कुल संख्याको १४.१३ प्रतिशत हो । 

त्यस्तै  ३.२ देखि ३.६ जीपीए ल्याउनेको सख्ंया ४१ हजार ६ सय २७ रहेको छ जुन कुल विद्यार्थी संख्याको १.४ प्रतिशत भएको बोर्डका परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयोे ।