Devdaha Tv | शिक्षा / प्रविधि
आश्विन १४ | 2022 Sep 30
Flash News

सोइया महिला स्वावलम्बी संस्थाद्धारा आयोजीत ३ दिने शिक्षक तालिम सम्पन्न

2 months ago
सोइया-महिला-स्वावलम्बी-संस्थाद्धारा-आयोजीत-३-दिने-शिक्षक-तालिम-सम्पन्न

असार २४ । सोइया महिला स्वावलम्बी संस्थाद्धारा आयोजीत ३ दिने शिक्षक तालिम सम्पन्न भएको छ । स्कुल लाइफ इन नेपालको पार्टनर कार्यक्रम तथा सिभिल सोसाइटी फन्टको गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत तालीम सञ्चालन गरिएको थियो । बुधबारदेखि शुक्रबारसम्म चलेको कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रकाश शर्मा पौडेलले सहजीकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिदेवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले तालिमले शैक्षिक सुधारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले राज्यले गर्नुपर्ने शैक्षिक व्यवस्थापनको काम गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै बालबालिका भोलिको नेतृत्व भएकाले उनिहरुको शिक्षादिक्षा उचित तरिकाले हुनुपर्ने उल्लेख गर्नुभयो । प्रमुख खरेलले नगरपालिकाले शिक्षालाई महत्वपूर्ण रुपमा लिएर बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्न लागेको बताउँदै शैक्षिक नेतृत्वहरुले ल्याउने प्रतिफलयुक्त शैक्षिक योजनामा लगानि गर्न नगरपालिका र आफ्नो नेतृत्व सदैव तयार रहेको बताउनुभयो । उहाँले संस्थागत विद्यालयहरुमा बिधार्थी चाप बढ्दै गरेको र कतिपय सामुदायिक बिद्यालयहरुमा बिधार्थी न्यून हुँदै गएको प्रसङ्ग उल्लेख गर्दै सामूदायिक बिद्यालयका शिक्षकहरु आफ्नो पेशाप्रति अझै जिम्मेवार हुनुपर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षक पौडेलले तालिममा सिकेका कुराहरुलाई कक्षाकोठामा प्रयोग गरेर शैक्षिक उपलब्धि सुधारमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

बिद्यालयमा हुने शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउनको लागि शिक्षकहरुलाई अन्तरक्रियात्मक शैलीमा तालिम प्रदान गरिएको हो । तालीममा देवदहका ६ वटा सामुदायिक बिद्यालयका आधरभूत तह कक्षा ४ देखि ७सम्मका ३५ जना शिक्षकको सहभागिता रहेको थियो । संस्थाले यस अघि नै आधारभूत तह बालशिक्षा देखि कक्षा ३ सम्मका शिक्षकहरुलाई तालिम प्रदान गरिसकेको र अब माध्यमिक तहका शिक्षकहरुलाई तालीम प्रदान गरिने सोइया महिला स्वावलम्बी संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले बताउनुभयो । तालिमको समापन कार्यक्रममा संस्थाका कोषाध्यक्ष केशमाया थापाको अध्यक्षता, व्यवस्थापक मेनुका न्यौपानेको स्वागत तथा गुणस्तरीय शिक्षा कार्यक्रमका कोर्डिनेटर नारायण भण्डारीको सञ्चालन रहेको थियो ।