आषाढ १३ । कारोबारको दोस्रो दिन सुनचाँदीको मूल्यमा वृद्धि आएको छ ।
आईतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ४ सयले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार ९६ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजावी सुन आज ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ५५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी हिजो प्रतितोला १ हजार २ सय ४५ मा कारोबार भएको थियो ।