Devdaha Tv | स्थानीय
भाद्र १ | 2022 Aug 17

देवदहमा बाल बिकास शिक्षकहरुका लागि क्षमता विकास कार्यक्रम सुरु

1 month ago
देवदहमा-बाल-बिकास-शिक्षकहरुका-लागि-क्षमता-विकास-कार्यक्रम-सुरु

आषाढ १२ । देवदह नगरपालिकाको आयोजनामा बाल बिकास शिक्षकहरुका लागि क्षमता विकास कार्यक्रम आजदेखि सुरु भएको छ । देवदह नगरपालिकाले बाल बिकास शिक्षकहरुका लागि ४ दिने क्षमता विकास कार्यक्रम आज उद्धघाटन गरेको हो । आजबाट सुरु भई असार १५ गतेसम्म चल्ने कार्यक्रमको प्रशिक्षण यसु भुसालले गर्नुहुनेछ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले ज्ञान, शिक्षा र बालबालिकाको सर्वाङ्गीण विकासमा बाल विकास शिक्षकहरुको भूमिका महत्वपूर्ण  रहेको बताउँनुभयो । खरेलले नेपाल प्रविधीमा वाय सरेको भन्दै मोबाईल, टिभीका केही नकारात्मक कुराहरुले बालबालिकालाई विगार्दै लगेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफूले सिकेका सीप र ज्ञान बोलीमा मात्र नभई व्यवहारमा पनि लागू गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमले देवदहको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले शिक्षा महत्वपूर्ण रहेको र शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । खरेलले देवदह नगरपालिकाको शिक्षा गुणस्तरीय, पारदर्शी र प्रतिस्पर्धी रुपमा विकास हुनेमा आफू विश्वस्त रहेको भन्दै कार्यक्रमको सफलताका लागि शुभकामना दिनुभएको छ । 
देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरका बाल शिक्षकहरु, नगरका वडाध्यक्षहरु र पत्रकारहरु लगायतको उपस्थिती रहेको कार्यक्रममा नेपाल सरकारका उपसचिव टिकाराम शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम प्रशुराम ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।