Devdaha Tv | समाचार
भाद्र १ | 2022 Aug 17

देवदह नगरपालिकाद्धारा मेलमिलापकर्ताको ३ दिने पुनर्ताजगी कार्यक्रम सुरु

1 month ago
देवदह-नगरपालिकाद्धारा-मेलमिलापकर्ताको-३-दिने-पुनर्ताजगी-कार्यक्रम-सुरु

आषाढ १२ । देवदह नगरपालिकाले मेलमिलापकर्ताको ३ दिने पुनर्ताजगी कार्यक्रम सुरु गरेको छ । नगरले गाउँटोल, वडा र नगरमा न्यायको उत्कृष्ट सम्पादन, हरेक वाद बिबाद र सम्वाद मार्फत मेलमिलापको लागि मेलमिलाप सहजकर्ता सुचिकृतहरुको लागी पुनतार्जकी तालिमको उद्धघाटन गरेको हो । 
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले मेलमिलापकर्ताहरुको प्रशंसा गर्दै मेलमिलापकर्ताले गरेका कार्यहरुको सरकारले उच्च मूल्याङ्कन गरेको बताउँनुभयो । खरेलले संविधानको धारा बमोजिम मेलमिलापकर्ताहरुका लागि गतिविधी अगाडी बढ्ने बताउँदै न्यायपालिकाको काम देवदहबासीले अनुभव गर्ने विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्बासेले सबैमा मेलमिलाप हुँदा जितेको महसुस हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा सबैको सक्रिय सहभागिता रहोस् भन्दै शुभकामना दिनुभयो । 
कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले हाल नगरमा ७४ जना मेलमिलापकर्ता रहेको जानकारी दिनुभयो । उहाँले सिकेका कुराहरु पुन ताजा गराउँने लक्ष्यका साथ पुनर्ताजकी कार्यक्रम गरीएको उल्लेख गर्दै न्यायिक समितिले समाजमा लुकेर रहेका घटना समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको र १ सय ९३ जनाले न्याायिक समितिका माध्यमबाट न्याय पाएको बताउँनुभयो । उहाँले भोलीका दिनमा पनि सरल र सहज रुपमा कार्य गर्ने गरी प्रशिक्षण गर्न अधिवक्ता तथा प्रशिक्षकलाई आग्रह गर्दै उद्धघाटन सत्रको समापन गर्नुभएको थियो । 
आजबाट सुरु भई असार १४ गतेसम्म चल्ने कार्यक्रमको मुख प्रशिक्षण अधिबक्ता हेमा न्यौपानेले गर्नुहुनेछ । कार्यक्रममा देवदह नगरपालिकाका अधिकृत गंगा प्रसाद पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा नगरका सबै वडाध्यक्ष, मेलमिलापकर्ता, नगरपालिकाका कर्मचारी पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम देवदह नगर प्रमुख धुर्व प्रसाद खरेलको प्रमुख आतिथ्यता, उपप्रमुख तथा न्यायिक समिति संयोजक बिद्यालक्ष्मी गुरुङको अध्यक्षता र मिना बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।