आषाढ १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
पिसीआर र एन्टिजेन विधीबाट गरी कुल १ हजार ७ सय ३० जनामा गरीएको परीक्षणमा थप २९ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज १७ जना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ९२ पुगेको छ ।
आज थप ५७ हजार ७ सय २४ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।