Devdaha Tv | समाचार
भाद्र १ | 2022 Aug 17

पछिल्लो २४ घण्टामा थप २७ जनामा कारोना भाईरस सङ्क्रमण पुष्टि

1 month ago
पछिल्लो-२४-घण्टामा-थप-२७-जनामा-कारोना-भाईरस-सङ्क्रमण-पुष्टि

आषाढ ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कारोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पिसीआर र एन्टिजेन विधीबाट कुल १ हजार ८ सय २ जनामा परीक्षण गर्दा थप २७ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज १६ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ८८ पुगेको छ ।

आज ५६ हजार ६ सय ८८ जनाले कारोना विरुद्धको ओप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।