Devdaha Tv | स्थानीय
भाद्र १ | 2022 Aug 17

देवदह व्यापार संघकोे पदस्थापना तथा सम्मान कार्यक्रम सम्पन्न

1 month ago
देवदह-व्यापार-संघकोे-पदस्थापना-तथा-सम्मान-कार्यक्रम-सम्पन्न

आषाढ ११ । मिना गैरे । देवदह व्यापार संघले आज पदस्थापना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । देवदह व्यापार संघले आज फोर सिजन बार एण्ड रेष्टुरेण्टमा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा पदस्थापना गरेको हो । देवदह व्यापार संघले सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट नव निर्वाचित कार्य समिति एवम् लेखा समितिका पदाधिकारी र सदस्यहरुको पदस्थापना र देवदह नगरपालिकाको यही मिति २०७९ साल बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट नवनिर्वाचित, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुलाई र देवदह व्यापार संघमा आवद्ध जन प्रतिनिधिहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेकोे हो ।

कार्यक्रममा देवदह व्यापार संघका वरिष्ठ उपाध्यक्ष माधव ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो । 

लुम्बिनी प्रदेश सभाका साँसद तथा प्रमुख अतिथी डा.कृष्ण न्यौपानेले कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । उहाँले चेम्बरका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै सफल कार्यकालका लागि कामना गर्नुभयो । न्यौपानेले मुलुकको समृद्धिका लागि उत्पादन बढाउन आवश्यक रहेको भन्दै सरकारी र नीजी क्षेत्र त्यसतर्फ लाग्नुपर्ने बताउँनुभयो । देवदह चेम्बरले उद्योग, व्यापारलाई अघि बढाउँन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्दै देवदहको विकास र समृद्धिका लागि काम गर्न प्रतिनिधीहरुलाई आग्रह गर्नुभयो । उहाँले युवाहरुलाई स्वरोजगार बनाउँन देवदह नगरपालिकाले सहजीकरण गर्नुपर्ने औैल्याउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी चेम्बर अफ कमर्शका अध्यक्ष टंकप्रसाद पोखरेलले सबैलाई सहकार्य गर्न आग्रह गर्दै देवदहको विकासका लागि सम्भावित क्षेत्र पहिचान गर्न आवश्यक रहेको औल्याउँनुभयो । उहाँले सबै मिलेर देवदहको विकास गर्नुपर्ने भन्दै देवदहलाई समृद्ध, पर्यटकीय, कृषि केन्द्रका रुपमा विकास गर्न आग्रह गर्नुभयो । 

देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले देवदहको विकास र संवृद्धिमा सबैको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले देवदहबासीको जीवन परीवर्तन गर्न चाहेको बताउँदै चेम्बरले देवदहको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सहयोगको प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । 

कार्यक्रम डा. कृष्ण न्यौपानेको प्रमुख आथिथ्यता, ध्रुवप्रसाद खरेल, विद्या लक्ष्मी गुरुङ्ग र टंक प्रसाद पोखरेलको बिशिष्ट आतिथ्यता, कोषबहादुर गुरुङको अध्यक्षता र पिताम्बर खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।