Devdaha Tv | समाचार
भाद्र १ | 2022 Aug 17

आज देशभर वर्षाको सम्भावना 

1 month ago
आज-देशभर-वर्षाको-सम्भावना-

आषाढ ११ । हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव छ भने सूदुरश्चिम(भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएइको छ ।

त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । महाशाखाका अनुसार देशका पहाडी भूभागका धेरै स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।