Devdaha Tv | समाचार
भाद्र १ | 2022 Aug 17

आज एकैपटक ४९ जनामा कारोना भाईरस सङ्क्रमण पुष्टि

1 month ago
आज-एकैपटक-४९-जनामा-कारोना-भाईरस-सङ्क्रमण-पुष्टि

आषाढ ९ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गईरहेको छ ।

आज एकैपटक ४९ जनामा कारोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । यो हिजोको तुलनामा अत्यधिक धेरैँ हो ।

पिसीआर विधीबाट १ हजार २ सय ३४ जनामा परीक्षण गर्दा ३३ जना र एन्टिजेन विधीबाट १ हजार २ सय ६० जनामा परीक्षण गर्दा १६ गरी कुल ४९ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज १२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ६३ पुगेको छ ।

आज थप ८५ हजार ६ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।