आषाढ ७ । रुपन्देहीको तिलोत्तमामा रहेको मिडिया ब्रोडकास्टिंग कम्पनीद्धारा सञ्चालित तिलोत्तमा एफएम ९६ दशमलव ४ मेगाहर्ज मङ्गलबारदेखि पाँचौ बर्षमा प्रवेश गरेको छ ।
तिलोत्तमा एफएमले आज आफ्नो ५ औँ वार्षिकउत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । एफएमले आफ्नो पाँचौ वार्षिकउत्सवका अवसर पारेर यो वर्ष खोजी खोजीमा रेडियो खोजी खोजीमा रेडियो अभियान सञ्चालन गर्ने जनाएको छ ।
एफएमले आज सार्वजनिक गरेको विज्ञप्तिमा पुरानालाई टिकाउँने र नयाँलाई सुनाउँने अभियान सञ्चालन गर्ने उल्लेख छ ।