आषाढ ७ । कारोबारको तेस्रो दिन नेप्से बढेको छ ।
शेयर परीसूचक नेप्से आज ३७ दशमलव ४९ अङ्कले बढ्दै १ हजार ९ सय २२ विन्दुमा पुगेको छ । आज सबैभन्दा धेरै बिमा र विकास बैङ्कका शेयर बढेका छन् ।
आज २ सय ३१ कम्पनीका ३७ लाख १२ हजार ७ सय ४६ कित्ता शेयर १ खर्ब २३ करोड ८५ लाख १८ हजार २ सय १ मा कारोबार भएको छ ।