आषाढ ७ । कारोबारको तेस्रो दिन मङ्गलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी पनि स्थिर रही प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।