आषाढ ३ । आज राष्ट्रिय सभा र प्रतिनिधी सभाको संयुक्त बैठक बस्दै छ । राष्ट्रिय सभाको बैठक ११ बजेदेखि सुरु भएको छ भने प्रतिनिधी सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको प्रतिनिधी सभाको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने, बिमा विधेयक २०७९ को प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाणँले व्यवस्थापन कार्यसम्बन्धी प्रतिवेदनहरु पेश गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।